उम्मेदवार
हृदयेश त्रिपाठीको जन्म वि.सं.२०१६ साल आषाढ ४ गते कठहवा गा.वि.स. गुणेपर्सेनी ३, मा भएको हो । बुवा हरिशंकर त्रिपाठी र आमा कुन्तीदेवीबाट जन्मिएका त्रिपाठीका दुई छोरी र एक छोरा छन् । त्रिपाठीले राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गर्नु भएको छ । त्रिपाठी वामपन्थी विचारधाराबाट प्रभावित भई वि.सं.२०३१ सालदेखि राजनीतिमा सक्रिय हुनुभएको हो । नेपाल सदभावना पार्टीबाट तत्कालीन प्रतिनिधिसभा सदस्य त्रिपाठी २०६४ सालको संविधानसभा चुनावमा नवलपरासी क्षेत्र नम्बर ६ बाट विजयी हुनु भएको थियो । तर २०७० सालको चुनावमा भने उहाँ सोही क्षेत्रबाटै पराजित हुनुभयो । तत्कालीन तमलोपाको उपाध्यक्ष तथा संसदीय दलको उपनेता समेत भइसकेका त्रिपाठी राजपाको पनि सहअध्यक्ष भैसक्नुभएको छ । उहाँ गणतन्त्रपछि र अघि गरी पटकपटक मन्त्री हुनुभएको छ । उहाँले राजनीति गर्ने क्रममा झण्डै २ वर्ष भूमिगत जीवन, ८ महिना निर्वासन र २१ महिना राजनीतिक बन्दीका रुपमा जेल जीवन बिताउनु भएको थियो । निक्कै चतुर राजनीतिक खेलाडीका रुपमा स्थापित त्रिपाठी पछिल्लो समयमा मधेसवादी शक्तिका तर्फबाट महत्वपूर्ण राजनीतिक निर्णय गर्ने ठाउँहरुमा तथा विभिन्न सरकारमा निरन्तर सहभागी हुनुहुन्छ । तर अहिले उहाँ राजपा त्यागेर एमालेको सूर्य चिन्ह लिएर नवलपरासीबाट उम्मेदवार हुनुभएको छ ।
थप उम्मेद्‌वारहरू