उम्मेदवार
सुरेन्द्रप्रसाद पाण्डे नेपाल कम्युनिष्ट पार्टी (एमाले)

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको जन्म वि.सं.२०१५ भदौ ९ गते गजुरी ८, धादिङमा भएको हो । तर अहिले उहाँको स्थायी बसोबास चितवन जिल्लामा छ । गजुरी मावि धादिङमा एसएलसीसम्मको पढाइ सकेका पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र वाणिज्य शास्त्रमा स्नातक पूरा गर्नुभएको छ । नेत्रराज पाण्डे र मनमाया पाण्डेका छोरा सुरेन्द्र पाण्डे २२ वर्षदेखि नेकपा एमालेको केन्द्रीय नेतृत्वमा हुनुहुन्छ ।

उहाँले वि.स.२०३१ सालदेखि तत्कालीन कोअर्डिनेशन केन्द्रबाट कम्युनिष्ट राजनीति सुरु गर्नुभएको थियो । २०५६ सालको संसदीय निर्वाचनपछि राष्ट्रिय सभाको सदस्य बनेका पाण्डे २०६४ सालमा संविधानसभामा नेकपा एमालेका तर्फबाट समानुपातिकबाट सभाषद् छानिनुभयो । २०७० सालको चुनावमा भने उहाँ चितवन १ बाट १८ हजार ७ सय ६० मत ल्याएर विजयी हुनुभएको थियो

पाण्डे २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो । अध्यक्ष झलनाथ खनाल निकट भनेर चिनिने पाण्डेलाई पार्टीले सहमति र संवादका बेला महत्वपूर्ण भूमिकामा खटाउने गरेको छ । सुरेन्द्र पाण्डे एमाले स्थायी कमिटीको सदस्य हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू