उम्मेदवार

कृष्णभक्त पोखरेल को जन्म २०२४ साल असार २० गते चितवनको पार्वतीपुर ४ मा भएको हो । उहाँका बुबाको नाम विश्वनाथ पोखरेल र आमाको नाम रेवकुमारी पोखरेल हो । उहाँका ३ छोरी छन् । उहाँले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातकोत्तर गर्नुभएको छ ।

नेकपा एमाले चितवनको जिल्ला अध्यक्ष रहेका पोखरेल २० वर्षदेखि निरन्तर रुपमा जिल्ला कमिटीमा हुनुहुन्छ । उहाँ २०४९ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको सचिव हुनु भएको थियो । उहाँ २०७० सालको चुनामा चितवन ३ बाट १५ हजार १ सय ६३ मत ल्याएर विजयी हुनुभएको थियो ।

कानुन व्यवसायीसमेत रहेका पोखरेलले २४ वर्षदेखि चितवन जिल्ला अदालतमा वकालत पनि गर्दै आउनु भएको छ ।

थप उम्मेद्‌वारहरू