उम्मेदवार

चितवनका ३६ वर्षीय पाठकले ग्रामिण विकासमा स्नातकोत्तर गरेका छन् l राष्ट्रिय मिडिया कान्तिपुर र अन्नपूर्ण रेडियोमा सम्पादकीय नेतृत्व निर्वाह गरिसकेका पाठकले समाजसेवीको छवि समेत बनाएका छन् l

पत्रकारितामार्फत भ्रष्टाचार र राजनीतिकर्मीको संरक्षणमा हुने अपराधबिरुद्ध आवाज उठाउंदै आएका पाठक सुसंकृत राजनीतिबिना देशको मुहार फेर्न नसकिने विश्वासका साथ विवेकशील साझा पार्टीमा आवद्ध छन् l पाठकका पिता गोपालराज पाठकको २०४२ सालमा सिराहा प्रहरी प्रमुख रहेका बेला कार्यकक्षमै गोली हानी हत्या भएको थियो। इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृत उनका पिताको प्रहरी संगठनमा राम्रो छवि थियो। त्यतिबेला शरदराज मात्र ४ वर्षका थिए l अपराधिहरुलाई राजनीतिक संरक्षण प्राप्त भएका कारण आफ्ना पिताको हत्याराले उन्मुक्ति पाएको पाठकको विश्वास छ l

उनले अष्ट्रेलिया, न्यूजिल्याण्ड, सिंगापुर, थाइल्याण्ड, भारत लगायत मुलुकको विकासको प्रत्यक्ष अवलोकन गरेका छन् ।

थप उम्मेद्‌वारहरू