उम्मेदवार

२०१० साल वैशाख १२ गते लमजुङको राइनसमा जन्मेका विक्रम पाण्डे चन्द्रराज र जीवकुमारी पाण्डेका छोरा हुनुहुन्छ । विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष हुनुहुन्छ । २०४७ सालदेखि राजनीति थालेका पाण्डे चितवन जिल्लाको राप्रपाका संस्थापक उपाध्यक्ष हुँदै महामन्त्रीसम्म हुनुभएको हो । राप्रपाका तीन पटक केन्द्रीय सदस्य भएका पाण्डे सह–महामन्त्री र ०७० सालमा महामन्त्री बन्नुभयो ।

पाण्डेले सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष भएर पनि काम गर्नुभयो । पाण्डे तेस्रो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसअघि २०५६ र ०६४ सालमा चितवन क्षेत्र नम्बर ५ बाट चुनाव लडेका पाण्डे पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा भने विक्रम पाण्डे चितवन क्षेत्र नम्बर १० हजार ७ सय ७५ मत ल्याएर विजयी हुनुभएको थियो । पाण्डे २०७३ सालमा भूमीसुधारमन्त्री  बन्नुभएको थियो । उहाँ २०७४ सालमा वनमन्त्री हुनुभएको छ । पाण्डे निर्माण व्यवसायी र सञ्चार उद्यमी पनि हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू