उम्मेदवार
एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री शेरधन राई प्रदेश सभाको उम्मेदवार बन्नुभएको छ । २०३१ सालमा भोजपुरको थिदिंखामा जन्मिएका राईले समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । यसअघि २ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसकेका राई यसपटक प्रदेश सभाको उम्मेदवार बन्नुभएको हो । २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले एमालेको १ नम्बर प्रदेश सहसंयोजक हुनुहुन्छ । २०४४ सालदेखि अनेरास्ववियूमार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख बन्नुभयो । उहाँ नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकाल निर्विरोध निर्वाचित हुनुभयो । उहाँले २०४४ देखि २०४६ चैत २६ गतेसम्म भूमिगत जीवन पनि बिताउनुभएको थियो । अविवाहित राई अहिले काठमाडौंमा बस्नुहुन्छ । उहाँ केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री बन्नुभएको हो ।
थप उम्मेद्‌वारहरू