विशेष म्याग्दीमा एमाले उम्मेदवार थापा विजयी : घोषणा हुन बाँकी
Ujyaalo

म्याग्दी, मंसिर २२ – पहिलो चरणमा चुनाव भएको म्याग्दीमा मतगणना सकिएको छ । प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट एमालेका उम्मेदवार भुपेन्द्र थापाले २३ हजार ३ सय ८ र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९ सय ८० मत प्राप्त गर्नुभएको छ ।

वाम गठबन्धनका उम्मेदवार थापा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गर्बुजा भन्दा २ हजार ३ सय २८ मतले बढि हुनुहुन्छ । मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार प्रतिनिधिसभाको मतगणना सकिएको र मतपरिणाम सार्वजनिक गर्ने तयारी भैरहेको छ । कुल ७५ हजार ५ सय ३७ मतदाता रहेको म्याग्दीमा ४७ हजार ४ सय ४९ मत खसेको थियो ।

त्यस्तै प्रदेशसभा (क) मा लोकतान्त्रिक मोर्चाबाट राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १ सय ७५ र वाम गठबन्धनबाट माओबादी केन्द्रका उम्मेदवार विनोद केसीले १४ हजार ७ सय ४ प्राप्त गर्नुभएको छ । केसी गौचन भन्दा २५ सय ५९ मतले अगाडि हुनुहुन्छ ।

प्रदेशसभा (ख) तर्फ वाम गठबन्धनबाट नरदेवी पुन १० हजार ८ सय ६८ मत ल्याएर विजयी हुनुभएको छ ।

Share It

Post Comments
थप विशेष