विशेष मुगुमा वामगठबन्धनका गोपाल बहादुर बम विजयी
Ujyaalo

मुगु, मंसिर २२ – मुगुबाट प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनका एमाले उम्मेदवार गोपाल बहादुर बम विजयी हुनुभएको छ ।

उहाँले नेपाली काँग्रेसका हस्तबहादुर मल्लले भन्दा ३ हजार १७३ मत बढी ल्याएर विजयी हुनुभएको हो । विजयी उम्मेदवार बमले १३ हजार ३४ मत प्राप्त गर्दा काँग्रेसका मल्लले ९ हजार ८ सय ६१ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप विशेष