विशेष बाबुराम र नारायणकाजीको चुनाव क्षेत्रमा धेरै मतपत्र भेटियो
Ujyaalo

किरण लोहनी/उज्यालो ।

मंसिर २२ – गोरखा क्षेत्र नम्बर २ अन्तर्गत मुच्चोकको चर्तुमाला मावि केन्द्रमा खसेको भन्दा ४४ वटा मतपत्र बढी भेटिएको छ । चर्तुमाला मावि केन्द्रमा ६८२ मत खसेको थियो ।

मुचुल्ला गरिए भन्दा बढी मतपत्र भेटिएपछि लोकतान्त्रिक गठबन्धनले आपत्ति जनाएका थिए । केहीबेर मतगणना समेत रोकिएको थियो । तर चर्तुमाला मावि केन्द्रको गणना बाँकी राखेर अरु गणना गर्ने सहमति भएपछि मतगणना चलिरहेको निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो ।

चुनावी प्रतिस्पर्धा र त्यसको नतिजा सबैक्षेत्रको उत्तिकै चासो विषय हुने भएपनि गोरखाको क्षेत्र नम्वर २ लाई भने पहिलो चरणमा चुनाव भएकामध्ये देशविदेशमा चासोपूर्वक हेरिएको छ ।

गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईको अग्रता कायमै छ । शुक्रबार बेलुकी ७ बजेसम्मको परिणाम अनुसार बाबुराम भट्टराई वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठभन्दा अगाडि हुनुहुन्छ ।

बाबुराम भट्टराईले १२ हजार ८०५ र नारायणकाजी श्रेष्ठले १० हजार ७०० मत प्राप्त गर्नुभएको छ । भट्टराई श्रेष्ठभन्दा २ हजार १०५ मतले अघि हुनुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष