विशेष ओखलढुंगा प्रदेश क मा एमालेका गुरुङ विजयी
Ujyaalo

ओखलढुंगा, मंसिर २२– ओखलढुंगाको प्रदेशसभा क मा वाम गठबन्धनका उम्मदेवार अम्बीरबाबु गुरुङ विजयी हुनु भएको छ । एमालेका उम्मेदवार गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धि काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाउनुभयो ।

गुरुङले लोकतान्त्रिक गठबन्धनका दाहाललाई ७ हजार दुई मतले पछि पार्नुभयो । संघीय समाजवादी फोरमका नरेश नेम्वाङ २ सय ९९ मत ल्याउनुभयो ।

को हुन् अम्बीरबाबु

२०२२ सालमा ओखलढुंगाको रुम्जाटारमा जन्मिनुभएका गुरुङ अमेरिकाबाट विजनेश स्टडिजमा स्नातक गर्नु भएको छ । हाल नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख रहनुभएका गुरुङ ०५६ सालको संसदीय निर्वाचनमा नेकपा मालेका तर्फबाट प्रतिनिधी सभाको चुनावमा ओखलढुंगा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नु भएको थियो ।

०५३ सालदेखी नेकपा एमालेको जिल्ला सदस्य रहनुभएका गुरुङ माले र एमालेको एकिकरणपछि एमालेमा फर्किएर राजनीतिमा निरन्तर लाग्नु भयो ।
द्वन्द्वकालमा व्यापार व्यवसायमा लागेका गुरुङ ०७० पछि एमालेको राजनीतिमा सक्रिय रुपमा लाग्नु भयो ।

Share It

Post Comments
थप विशेष