विशेष ताप्लेजुङ प्रदेशसभा ख मा माओवादीका टंक आङबुहाङ विजयी
Ujyaalo

ताप्लेजुङ, मंसिर २२ –ताप्लेजुङको प्रदेशसभा ‘ख’ मा बामगठबन्दनका तर्फबाट नेकपा माओबादी केन्द्रका उम्मेदवार टंक आङबुहाङ विजयी हुनु भएको छ ।

विजयी आङबुहाङले १२ हजार १ सय ९८ मत प्राप्त गुर्नभयो । उहाँका प्रतिस्पर्धि कांग्रेसका दिपेन्द्र कुमार सेन्दाङले ७ हजार ५सय ८७ मत प्राप्त गर्नु भएको छ ।

प्रतिनिधिसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रीय सचिव योगेशकुमार भट्टराईले २३ हजार ८ सय १८ प्राप्त गर्नु भएको छ । कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले १३ हजार ८ सय ३३ मत प्राप्त गर्नु भएको छ ।

प्रदेश सभा क को पनि मतगणना सकिन लागेको छ । १ घण्टा भित्रमा अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो मत परिणाम अनुसार वाम गठबन्दनका उम्मेदवार बलबहादुर साम्सोहाङले १२ हजार ९ सय ११ मत प्राप्त गर्नु भएको छ । नेपाली काग्रेसका लिलादेवी बोखिमले ९ हजार ४ सय ७ मत प्राप्त गुर्न भएको छ ।

Share It

Post Comments
थप विशेष