विशेष नुवाकोटमा कांग्रेसका दुई शीर्ष नेता महत र केसी पछाडि
Ujyaalo

नुवाकोट, मंसिर २३ –नुवाकोटमा नेपाली कांग्रेसका दुई शीर्ष नेतालाई वाम गठबन्धनभन्दा पछि परेका छन् ।

नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले पछिल्लो मतपरिणाम अनुसार १०४०० मत प्राप्त गर्नुभएको छ ।

उहाँलाई माओवादी केन्द्रका नेता हितबहादुर तामाङले झण्डै दुई हजार मतले पछि वार्नुभएको छ । तामाङले १२७२१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नुवाकोट २ मा एमाले उम्मेदवार नारायण खतिवडा १४४९४ मतसहित अग्रस्थानमा उहाँ हुनुहुन्छ । उहाँलाई अर्जुन नरसिंह केसीले १०४२३ मतसहित पछ्याइ रहनुभएको छ ।

Share It

Post Comments
थप विशेष