विशेष सोलुखुम्बुका प्रदेशसभातर्फ दुबै क्षेत्रमा एमाले उम्मेदवार विजयी
Ujyaalo

सुबास दर्नाल/उज्यालो ।

सोलुखुम्ब, मंसिर २३ – सोलुखुम्बुका प्रदेशसभातर्फ दुबै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क मा वाम गठबन्धनका उम्मेदवार एमालेका उत्तमकुमार बस्नेत विजयी हुनुभएको छ । बस्नेतले १० हजार ६ सय ६७ मत ल्याउनु भएको छ । कांग्रेसका प्रकाशसिंह कार्कीले ८ हजार ८ सय ४६ मत ल्याउनुभयो ।

 

प्रदेश सभा ख मा पनि एमालेकै बुद्धिकुमार राजभण्डारी विजयी हुनुभएको छ । राजभण्डारीले कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहनुभएका नेता आङगेलु शेर्पालाई २ हजार ४ सय १८ मतान्तरले पराजित गर्नुभयो ।

राजभण्डारीले १० हजार ३ सय ८७ मत पाउनुभयो भने, शेर्पाले ७ हजार ९ सय २९ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप विशेष