विशेष मोरङ १ मा एमालेका घनश्याम खतिवडा विजयी
Ujyaalo

मोरङ, मंसिर २३– मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता घनश्याम खतिवडा विजयी हुनु भएको छ । योसँगै ६ क्षेत्र रहेको मोरङमा एमालेले दुई क्षेत्रमा विजय हात पारिसकेको छ ।

धनश्याम खतिवडाले कांग्रेसका डिकबहादुर लिम्वुलाई ६ हजार ८८ मतले पराजित गर्नु भएको हो । खतिवडाले ३७ हजार ५ सय २४ मत पाउनुभयो । लिम्वुले ३१ हजार ४ सय ३६ मत पाउनुभयो ।

यसअघि मोरङ ६ मा लालबाबु पण्डित शेखर कोइरालालाई पराजित गर्दै विजयी हुनु भएको थियो ।

Share It

Post Comments
थप विशेष