विशेष पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
Ujyaalo

पाँचथर, मंसिर २३ – पाँचथरको प्रतिनिधिसभामा एमालेका वशन्तकुमार नेम्बाङ्ग विजयी हुनुभएको छ । उहाँले काँग्रेसका भिष्मराज आङ्देम्बेलाई १० हजार ६ सय १६ मतले हराउनुभएको हो ।

नेम्बाङ्गले ३८ हजार ६ सय ४१ मत पाउनुभयो भने आङदेम्बेले २८ हजार २५ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७७ हजार ८ सय ३ मत झरेको पाँचथरमा ५ हजार ६ सय ३१ मत बदर भएको कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप विशेष