विशेष भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर
Ujyaalo

काठमाडौं, मंसिर २३ – भक्तपुर निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले कांग्रेसका उम्मेदवारसँगको मतान्तर दोब्बर बनाउनु भएको छ ।

पूर्व सभामुख दमननाथ ढुङ्गाना वाम गठबन्धबाट एमालेका उम्मेदवार बस्नेतसँग निरीह देखिनुभएको छ । बेलाबेलामा अाफू कांग्रेस नै नभएकाे बताउँदै अाउनुभएका उहाँले अाश्चर्यजनक तरिकाले चुनावी टिकट पाउनुभएकाे थियाे।

बस्नेतको २० हजार १ सय ७३ मत रहेको छ भने कांग्रेसका ढुङ्गानाको १० हजार ३ सय २४ मत रहेको छ ।

देशैभरी वाम गठबन्धनले अग्रता बनाइरहेको समयमा ढुङ्गाना पनि वाम गठबन्धनकै छायाँमा पर्नुभएको हो ।

त्यस्तै विवेकशील साझाका शशिबिक्रम कार्कीको १ हजार ४ सय २४ र नेककिपाकी अनुराधा थापा मगरको १ हजार २ सय मत रहेको छ ।

Share It

Post Comments
थप विशेष