विशेष बाबुरामले नारायणकाजीलाई हराए, बाबुरामको ह्याट्रिक
Ujyaalo

गोरखा, मंसिर २३– गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नयाँशक्तिका डाक्टर बाबुराम भट्टराई विजयी हुनुभएको छ । गोरखामा भट्टराईको ह्याट्रिक हो । प्रतिनिधि सभा चुनावमा भट्टराईले माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गर्नुभएको हो ।

गोरखा २ मा ६० हजार १ सय १७ मत खसेकोमा भट्टराईले ६ हजार ८ सय ७४ मतले जित्नुभएको हो । भट्टराईले ३१ हजार ८ सय ७ मत पाउनुभयो भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याउनुभयो ।

खसेको मतमध्ये २ हजार ६ सय ३८ मत वदर भएको थियो । भट्टराईलाई कांग्रेसको समर्थन रहेको थियो भने श्रेष्ठलाई एमालेको समर्थन थियो ।

Share It

Post Comments
थप विशेष