विशेष काठमाडौंको १० क्षेत्रमध्ये एउटाको मात्रै नतिजा आउन बाँकी
Ujyaalo

काठमाडौं, मंसिर २४ – प्रतिनिधिसभा अन्तर्गत काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ९ वटाको नतिजा सार्वजनिक भएको छ ।

क्षेत्र नम्बर ५ को मात्रै नतिजा आउन बाँकी छ । एउटा क्षेत्रको नतिजा आउन बाँकी रहँदा एमालेले ५ तथा कांग्रेसले ४ सिट जितेको छ । एमाले क्षेत्र नम्बर २, ३, ७, ८ र ९ मा विजयी भएको हो । कांग्रेसले क्षेत्र नम्बर १, ४, ६ र १० नम्बरमा जित हात पार्न सफल भएको छ ।

क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह, २ मा एमालेका माधवकुमार नेपाल, ३ मा एमालेका कृष्णबहादुर राई, ४ मा कांग्रेसका गगनकुमार थापा, ६ मा कांग्रेसका भीमसेनदास प्रधान, ७ मा एमालेका रामवीर मानन्धर, ८ मा एमालेका जीवनराम श्रेष्ठ, ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० मा कांग्रेसका राजन केसी विजयी हुनुभएको हो ।

नतिजा आउन बाँकी क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेलको अग्रता छ । उहाँ कांग्रेसका डा. प्रकाशशरण महतभन्दा झण्डै ४ हजार मतले अघि हुनुभएकाले उहाँले नै जित्ने सम्भावना बढि छ ।

Share It

Post Comments
थप विशेष