विशेष खोटाङमा पनि वाम गठबन्धनको ‘क्लिनस्विप’
Ujyaalo

खोटाङ, मंसिर २३ – खोटाङमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएका छ । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका एमाले उम्मेदवार विशाल भट्टराई, प्रदेशसभा क मा एमालेका उम्मेद्वार राजन राई र प्रदेशसभा ख मा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई विजयी हुनुभएको हो ।

प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमयलाई १३ हजार ७६५ मतले पछि पार्दै वाम गठबन्धनका साझा उम्मेद्वार भट्टराई बिजयी हुनुभएको हो । भट्टराईले ३५ हजार ३७७ मत र बजिमयले २१ हजार ६१२ मत पाउनुभएको छ । यस्तै, वाम गठबन्धनका उम्मेद्वार राजन १८ हजार ९३३ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी हुनु भएको हो ।

निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्वार सुवासकुमार पोखरेलले १३ हजार ४११ मत पाउनु भएको छ । प्रदेशसभा ९ख०मा वाम गठबन्धनका रामकुमारले १८,३७२ मत ल्याउँदा कांग्रेसका उम्मेद्वार विष्णु कुमारले १२,२३९ मत पाउनु भएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल मतदाता १ लाख २५ हजार १०८ रहेको खोटाङमा ७१ हजार ३११ मत खसेको थियो ।

Share It

Post Comments
थप विशेष