विशेष पूर्व डिआईजी नवराज सिलवाल अब सांसद
Ujyaalo

ललितपुर, मंसिर २३ – पूर्व डिआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको छ । एमाले उम्मेदवार सिलवाल कांग्रेसका उदयशमशेर राणालाई हराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले २६ हजार ९ सय ५१ मत ल्याउँदा राणाले २० हजार ७ सय २९ मत ल्याउनुभयो । सिलवालले राणालाई ६ हजार भन्दा बढि मतान्तरले हराउनुभएको हो ।

सिलवाल डिआईजीबाट राजीनामा दिएर एमाले प्रवेश गर्नुभएको थियो । एमाले प्रवेश लगत्तै उहाँले प्रतिनिधिसभा सदस्यको टिकट पाउनुभएको हो ।

 

Share It

Post Comments
थप विशेष