विशेष भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (क) मा एमालेका थापा विजयी
Ujyaalo

भक्तपुर, मंसिर २३ – प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नं. २ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार शशीजंग थापा भारी मतको अन्तरले विजयी हुनु भएको छ ।

वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुनु भएका थापाले १९ हजार ५१५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनु भएका नेपाली कांग्रेसका अंगद खड्काले १० हजार ४०० मत पछाडि परेर ९ हजार ११५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो । त्यस्तै नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सरोजराज गोसाईले २ हजार ६५४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रदेश सभा (ख) मध्यपुरमा एमालेका राजेन्द्रमान श्रेष्ठले १२ हजार २५४ मतका साथ अग्रस्थानमा छन् भने नेपाली काँग्रेसका गणेशमान चक्रधरले ९ हजार ५९३ मत नेमकिपाका प्रेमजंग थापाश्रेष्ठले १ हजार ६९६ मत ल्याउनु भएको छ ।

प्रतिनिधीसभा तर्फ भने क्षेत्र वामगठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले ३० हजार ३८२ मतका साथ अग्रस्थानमा रहनु भएको छ भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका पूर्वसभामुख तथा नेपाली काँग्रेसका दमननाथ ढुङ्गानाले १६ हजार १९ मतले पछ्याउनु भएको छ । त्यसैगरी नेमकिपाका अनुराधा थापामगरले ४ हजार १२७ मत ल्याएर तेश्रो दलका रुपमा पछ्याउनु भएको छ ।

यता भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले ५ हजार ९५२ मतका साथ अग्रस्थानमा रहनु भएको छ भने निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका बाबुराजा जोशीले ५ हजार ७७३ मत र वागठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मिलन सुवालले ५ हजार १३५ मतले पछ्याउनु भएको छ ।

त्यस्तै प्रदेशसभा तर्फ प्रदेश सभा १ (क) मा मा एमालेका हरिशरण लामिछानेले ४ हजार ६१८ मतका साथ अगाडि हुनुहुन्छ भने नेपाली काँग्रेसका जीवन खत्री ३ हजार २३३ र नेमकिपाका निरज लवजूले ६७३ मतका साथ पछ्याउनु भएको छ ।

 

Share It

Post Comments
थप विशेष