विशेष जोशीलाई फकाउन नसक्दा पौडेल हारतर्फ
Ujyaalo

तनहुँ, मंसिर २३ –तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछि पर्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार उहाँले १८९४९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले २३३७४ मत प्राप्त गर्नुभएको छ । । मतगणनामा सुरुदेखि रामचन्द्र पौडेल पछि पर्नुभएको छ । झण्डै पाँच हजार मतले अग्रता बनाइरहेका श्रेष्ठलाई उछिन्न पौडेललाई निकै कठिन हुने देखिन्छ । सुरुदेखि नै अग्रता बनाएका श्रेष्ठले मतान्तर बढाउँदै जानुभएको छ ।

तनहुँमा रामचन्द्र पौडेल र कृष्णकुमार श्रेष्ठबीचमा निकै प्रतिस्पर्धा हुने देखिएको छ । तनहुँ १ मा विशेष अदालतबाट भ्रष्टाचारी ठहरिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएपछि तनहुँमा कसको पल्ला भारी हुने भन्ने यसै भन्न नसकिने अवस्था रहेको छ । गोविन्दराज जोशी पक्षले तनहुँ १ मा पौडेललाई भोट नहाल्ने हो भने श्रेष्ठकै पल्ला भारी हुनेछ ।

पहिले ३ निर्वाचन क्षेत्र रहेको तनहुँमा अहिले २ वटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । पहिले रामचन्द्र पौडेल क्षेत्र नम्बर दुईबाट उठ्ने गर्नुभएको थियो । क्षेत्र परिवर्तनसँगै पौडेललाई यसपल्ट फेरि चुनौती थपिएको कांग्रेसकै नेताहरु बताउँछन् ।

तनहुँ १ मा पौडेल र श्रेष्ठको जितमा उम्मेदवारी खारेज भएका जोशीको विशेष भूमिका हुन सक्ने देखिन्छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र युवा नेता गगन थापाबाहेक अधिकांश शीर्ष नेतहरु पराजित हुने भएका छन् । काठमाडौं ४ बाट उम्मेदवारी दिएका थापा विजयी भै सक्नुभएको छ ।

प्रधानमन्त्री देउवा माओवादी नेता खगराज भट्टसँग फराकिलो मतान्तरले अगाडि रहनुभएको छ । त्यस्तै सोलुखुम्बुबाट कांग्रेसका पूराना बलबहादुर केसी पराजित भै सक्नुभएको छ । नुवाकोटमा कांग्रेसका दुई शीर्ष नेता रामशरण महत र अर्जुन नरसिंह केसी पनि प्रतिस्पर्धीभन्दा धेरै मतले पछाडि रहेका छन् ।

 

 

Share It

Post Comments
थप विशेष