विशेष जेलमा रहेका कैदीले साथ दिँदा पनि जितेनन् पूर्व गृहमन्त्री
Ujyaalo

जनकपुर, मंसिर २४ – राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डले सदस्य राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई २ हजार ९ सय १४ मतले पराजित गर्नुभएको हो । महतोले ३० हजार ७ सय ४२ र निधिले २७ हजार ८ सय २८ मत पाउनु भयो ।

यसअघि सर्लाहीबाट चुनाव लड्दै आएका महतो सुरक्षित स्थान खोज्दै धनुषा ३ मा पुग्नु भएको थियो । तर ३ मा उहाँलाई हराउने भन्दै उहाँकै पूर्व सहकर्मी सञ्जय साहले अभियान चलाएका थिए ।

पूर्व गृहमन्त्री निधिलाई जिताउन भन्दै साहले जेलबाटै स्थानीय एफएमहरुमा अन्तर्वार्ता दिएका थिए । साह जनकपुरमा ५ जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा जेलमा हुनुहुन्छ । निधिकै सहयोगमा साहले स्थानीय एफएमहरुमा अन्तर्वार्ता दिएको आरोप महतो पक्षले लगाउदै आएको थियो ।

साहले जेलबाटै स्थानीय एफएमलाई अन्तवार्तामा साहले निधिलाई भोट हाल्न आफ्ना समर्थकलाई आग्रह गरेका थिए । राजेन्द्र महतोको विरोधमा साहका समर्थकले विरोध र्‍याली पनि निकालेका थिए ।

महतो अध्यक्ष रहँदा सद्भावना पार्टीमा उपाध्यक्ष रहेका साह आफूलाई जेलबाट छुटाउन सहयोग नगरेमा महतोसँग असन्तुष्ट थिए । त्यसकै बदलामा साहले महतोलाई हराउने भन्दै निधिलाई समर्थन गरेका थियो । तर पनि निधि पराजित हुनुभयो ।

 

Share It

Post Comments
थप विशेष