विशेष उपेन्द्र, राजेन्द्र र अनिल झाले अबीर लगाइसके ः राजपाका अरु नेता पनि जितको बाटोमा
Ujyaalo

काठमाडौं, मंसिर २४ – संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाका धेरै नेताहरुले चुनाव जित्ने निश्चित जस्तै भएको छ । सप्तरी २ बाट उपेन्द्र यादव, धनुषा ३ बाट राजेन्द्र महतो र रौटहट १ बाट अनिल झा विजयी भैसकेका छन् । राजपाको अध्यक्ष मण्डलमा रहेका अरु नेताहरु पनि जितको बाटोमा छन् ।

राजपाको अध्यक्ष मण्डलमा रहेका नेतामध्ये राजेन्द्र महतो र अनिल झाले विजयी जुलुस निकालिसकेका छन् । महन्थ ठाकुर, राजकिशोर यादव, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले अग्रता लिइरहेका छन् ।

महन्थ ठाकुर महोत्तरी ३ बाट, राजकिशोर यादव सिरहा ४ बाट, महेन्द्र राय सर्लाही २ बाट र शरतसिंह भण्डारी महोत्तरी २ बाट उम्मेदवार छन् । ती सबै क्षेत्रमा मतगणना भैरहेको छ । यी सबै उम्मेदवार प्रतिस्पर्धी भन्दा अघि छन् ।

 

Share It

Post Comments
थप विशेष