विशेष झापा प्रतिनिधिसभा १ का विजेता सुरेन्द्रकुमार काकी को हुन् ?
Ujyaalo

मंसिर २४ – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य सुरेन्द्रकुमार कार्की (राम कार्की) को जन्म २०१३ सालमा ओखलढुंगाको रुम्जाटारमा भएको हो । अमृतबहादुर र रत्ना कार्कीका छोरा सुरेन्द्रका एक छोरा र एक छोरी छन् ।

२०२९ सालमा नेपाली कांग्रेसबाट राजनीति थालेका कार्की २०३६ सालदेखि मसालमा आवद्ध हुँदै कम्युनिष्ट राजनीतिमा लाग्नुभयो । सिन्धुलीका स्थायी बासिन्दा कार्की २०४८ सालको चुनावमा पराजित हुनुभयो ।

२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्दा उहाँ पार्टीको मेची कोसीको इन्चार्ज हुनुभयो । सुरुदेखि नै पार्टीको केन्द्रीय सदस्य भएर अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका कार्कीले माओवादी जनयुद्धमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्कीले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । राजनीतिक यात्राका क्रममा उहाँ पटक पटकगरी तीन वर्ष जेल बस्नु भएको छ । २०६४ सालको चुनावमा ताप्लेजुङबाट उम्मेदवार बनेका कार्की दोश्रो पटक पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा उहाँ समानुपातिकतर्फबाट सभासद बन्नुभयो ।

प्रचण्ड नेतृत्वको सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री समेत बन्नुभयो । हरेक चुनावमा निर्वाचन क्षेत्र परिवर्तन गरेका कार्की यसपटकको चुनावमा झापा १ बाट उम्मेदवार बन्नु भएको हो ।

Share It

Post Comments
थप विशेष