विशेष प्रदेशसभातर्फ झापा १ का दुवै प्रदेशमा एमाले विजयी
Ujyaalo

झापा मंसिर २४– झापा १ का प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा तर्फको क क्षेत्रमा एमालेका श्रीप्रसाद मैनाली २२ हजार ९ सय ७२ मत सहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दि कांग्रेसका केशवराज पाण्डेले १७ हजार २ सय ४० मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, झापा १ कै ख क्षेत्रमा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी हुुनुभएको छ । उहाँले १७ हजार ८ सय ३९ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका अशोककुमार पोखरेलले ९ हजार ९ सय ७८ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ झापा १ बाट माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की विजयी हुनुभएको छ ।

 

 

Share It

Post Comments
थप विशेष