
महोत्तरी, मंसिर २४ – राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
ठाकुरले २७ हजार ५ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ६ सय ७६ मत प्राप्त गर्नुभयो । ठाकुरले १८ हजार ३ सय २९ मतले चौधरीलाई हराउनुभएको हो ।
यसअघि सर्लाहीबाट चुनाव लड्दै आएका ठाकुर यसपटक महोत्तरी क्षेत्र नम्वर ३ बाट चुनाव लड्नुभएको हो ।
Share It
Post Comments
थप विशेष