विशेष भोजपुरमा सधैं हार्ने ज्ञानेन्द्रको सुनसरीमा बढ्दो अग्रता
Ujyaalo

काठमाडौं, मंसिर २५– भोजपुरमा पटक पटक पराजित भएका ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा जित नजिक पुग्नु भएको छ । अर्थमन्त्री समेत रहेका कार्की जन्मथलो छाड्दै सुनसरी ४ बाट पहिलो पटक उम्मेदवार बन्नु भएको हो ।

मतगणना अन्तिम अन्तिममा पुग्दा उहाँको अग्रता थप फराकिलो बन्दै गएको छ । पछिल्लो मतपरिणाम अनुसार उहाँ ६ हजार २ सय ९७ मतले अगाडि हुनुहुन्छ । कार्कीको ३१ हजार २ सय २५ मत पाउँदा एमाले उम्मेदवार रमेश श्रेष्ठको २४ हजार ९ सय २८ मत छ ।

पहिले भोजपुरमा प्रत्यक्ष चुनाव जित्न नसकेपछि २०७० सालको चुनावमा उहाँ समानुपातिकबाट सांसद बन्नु भएको थियो । २०६४ सालको चुनावमा भोजपुरबाट पराजित कार्की त्यसअघि २०६३ सालमा अन्तरिम सरकारको जलश्रोत मन्त्री बन्नु भएको थियो ।

Share It

Post Comments
थप विशेष