
सुनसरी,मंसिर २६ गते – हिजोबाट स्थागीत भएको सुनसरी क्षेत्र नं. ३ को मतगणना तत्काल शुरु गर्नु निर्वाचनआयोगले निर्देशन दिएको छ । अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना शुरु गर्न आयोगले निर्देशन दिएको हो ।
अहिले मतगणना शुरु गर्ने अन्तिम तयारी भएको छ । मतगणना भइरहेको स्थालमा बाम गठबन्धन बाहेकका उम्मेद्वारका प्रतिनीधिहरु प्रवेश गरिसकेका छन् । बाम गठबन्धनको अहिले एमाले पार्टी कार्यालय सुनसरीमा बैठक बसिरकेको छ । मतगणना स्थलमा अहिले ठूलोमात्रामा प्रहरी परिचालन गरिएको छ ।
सोमबार मतगणना स्थलमा दुवै तर्फबाट झडप हुने सम्भावना बढेपछि प्रहरी परिचालन गरिएको थियो । मतगणनाका क्रममा नौ वटा अर्धकट्टी सहितका नौ वटा मत पत्र भेटिएपछि विवाद भएको थियो ।
Share It
Post Comments
थप विशेष