विशेष ‘भोट हालियो, अब हुन्छ गाउँको बिकास’
Ujyaalo

इन्द्रसरा खड्का/उज्यालो 

बैतडी, मंसिर १०– बैतडीको सूर्नया गाउँपालिका वडानम्बर ५ मा १ सय ८ बर्षकी नन्दा लुहारले आइतबार विहानै मतदान गुर्नभयो । गाउँ नजिकैको रौलेश्वर माविबाट मतदान गरेकी नन्दाले  पहिलो पटक प्रदेशसभाको लागि र लामो समयपछि प्रतिनिधिसभाको चुनावमा भोट हाल्न पाउदा आफू निकै खुसी भएको बताउनुभयो ।

जिवनको अन्त्यतिर आइपुग्दा पनि गाउँमा विकासको मुहार नदेखेकी नन्दाले अब भने गाउँमा विकास होला कि भनेर आसा लागेको बताउनुभयो । सूर्नयाकै २२ बर्षका महाबिर बिष्टले पनि मतदान गरिसक्नुभयो ।

यसअघिको स्थानिय तहको चुनाव पनि भोट हालेको तर अहिले भोट हाल्दा निक्कै खुसी लागको उहाँको भनाई छ । पहिले नेताहरु भोट माग्ने बेला मात्रै गाउँ पस्ने तर चुनावपछि न गाउँ चिन्ने न त गाउँलेलाई नै चिन्ने प्रवृती रहेको भन्दै विष्टले अब भने गाउँको विकास हुन्छ कि भन्ने आसा लागेको बताउनुभयो । 

यस्तै अस्मानी बिस्टले पनि अब गाउँको मुहार झलमल्ल हुने आसामा मतदान गर्नुभयो । गाउँमा आउँदा हात जोड्ने नेताले अब गाँउमा भएका समस्यालाइ पनि हेर्ने आफुले  आसा राखेको उहाँले बताउनुभयो । 

बैतडीमा १ सय १४ बर्षिया बृद्धा देखि मतदाता नामावलिमा नाम दार्ता भएकाहरुले आज मतदान गरे । बैतडीका १ सय ८२ वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान शान्तिपुर्ण रुपमा भएपछि यहाँका मतदाता निकै उत्साहित भएर मतदान गर्दै घर फर्कन लागेका छन् । 

अब यहाँका नागरीकको एउटै भनाइ छ हामिलाई हाम्रो ठाउँको बिकास चाहिन्छ । बैतडीको दशरथचन्द नगपालिकाका लक्ष्मी मल्लले पन भोट हाल्नुभयो । उहाँले अब आफ्नो ठाउँको बिकास हुने आसा राख्नु भएको छ । यो भन्दा पहिले स्थानीयतहको चुनावमा पनि भोट हालेकी लक्ष्मीले अब बैतडीका दिन उभोबाटो तिर लाग्ने बताउनु भयो ।

लामो समयपछि प्रतिनिधीसभा तथा प्रदेससभाको चुनावमा भोट हाल्न पाउँदा बैतडीका नागरिक खुसी भएका छन् । करिब दुई दशक पछि स्थानीय तहको चुनावमा भोट  हालेका यहाँका नागरिक प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा भोट हाल्न पाउँदा खुसी भएका हुन् । 

एकै बर्षमा दुई दुई पटक भोट हाल्न पाएकाले आफहरु खुसी भएको बैतडीको सूर्नया गाउँपालिकाका हरिसिंह भण्डारीले बताउनुभयो । यो भन्दा पहिले भोटमाग्न आएका नेताले अब आफूले गरेको बाचा नभुले आफूलाई दिएको आस्वासन पूरा गर्नुपर्ने उहाँको भनाइ छ । 

चुनावको बेला भोट माग्न आएका नेताले अब प्रतिबद्धता जनाएको कुरालाई काम गरेर देखाउनुपर्ने यहाँका नागरिकको भनाई छ । चुनावको बेला सबै दलका राजनीतिक दल आएर बिभिन्न आस्वासन दिएकाले अब बैतडीको बिकास हुने आसामा रहेको बेतडीको सूर्नया गाउँपालिकाका मञ्जु भट्टले बताउनुभयो । यस अघि पटक पटक ढाँटिएका नागरिकले यस पटक पाएका आस्वसन भने पूरा हुने आसा राखेका छन् । 

Share It

Post Comments
थप विशेष