विशेष सोलुखुम्बुका दुई मतपेटिका पानीले भिजेको आशंका
Ujyaalo

सुबास दर्नाल/उज्यालो ।

सोलुखुम्बु, मंसिर १२–सोलुखुम्बुमा सदरमुकाम सल्लेरी ल्याउने क्रममा  २ वटा मतपेटिका भित्र पानी पसेको आशकां गरिएको छ ।

सोताङ गाउँपालिका अन्र्तगतका हुगां आधारभुत विद्यालय र पञ्चकन्या आधारभुत विद्यालय मतदान केन्द्रका  मतपेटिका भित्र पानी पसेको आशंका गरिएको हो ।  

गाडीबाट ढुवानी गरिएको मतपेटिका बीच बाटोमा गाडी बिग्रेपछि ट्याक्टरमार्फत ढुवानी गरिएको  गरिएको थियो । दुधकौशीका गाउँपालिका वडा नम्बर ७ झरेनीमा पुगेपछि पानी परेको थियो । पालबाट भित्र पानी छिरेको आशंका गरिएपछि  मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले सर्वदलीय छलफल आयोजना गरेको छ । 

छलफलपछि पानीका कारण  भिजेको भनिएको मतपेटिका अगाडि गणना गर्ने र मतपत्रमा लगाइएको छाप प्रष्ट हुने गरी सामान्य  मसी लतपतिएको भए सदर गर्ने र नबुझिने गरी लतपतिएको भए बदर गर्ने सहमती भएको छ । मतपत्र ढुवानीमा मतपेटिकामा पानी छिर्नु मुख्य निर्वाचन अधिकृतको कार्यलयको मुख्य कमजोरी भएको दलहरुले आरोप लगाएका छन् । 

 ढुवानीको क्रममा आवश्यक व्यवस्थापन गर्दा गर्दै कम्जोरी हुन गएकाले  मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वीकार गरेका छ । सोमबार राति २ बजे मतपेटिका सदरमुकाम सल्लेरी ल्याइपुर्याइएको थियो ।  

Share It

Post Comments
थप विशेष