विशेष २१ गतेपछि वाम गठबन्धनको सरकार बन्ने एमाले उपाध्यक्ष ज्ञवालीको दाबी
Ujyaalo

पुरुषोत्तम गिरी/उज्यालो ।

सल्यान, मंसिर १३ –नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको वाम गठबन्धन दुई तिहाईका साथ विजयी हुने बताउनु भएको छ ।

मंसिर २१ गतेपछि वाम गठबन्धनको नयाँ सरकार बन्ने पक्का भएको समेत उहाले ठोकुवा गर्नु भयो । उहाले भन्नुभयो, ‘मुलुकको विकास र समवृद्दिका लागि बाम गठबन्धन सरकारको विकल्प नै छैन ।’ सल्यानको रागेचौरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

ज्ञवालीले वाम गठबन्धनको उद्देश्य संविधान संसोधन,गरिवी उन्मुलन, समृद्ध राष्ट्र निर्माण जस्ता विषयमा काम गर्ने भएकाले सबैको रोजाइमा वाम गठबन्धन परेको बताउनुभयो । यस्तै उहाँले सल्यान जिल्लाको विकासर समृद्धि तथा ६ नम्बर प्रदेशको समग्र विकास र हितका निम्ती पनि वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन जरुरी रहेको उल्लेख गर्नु भयो ।

सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यस जिल्लाका वाम गठबन्धनका विजयी उम्मेदवारले सल्यानकोे विकासका लागी मात्रै होइन, समग्र ६ नम्बर प्रदेशको विकासका लागि पर्ने छन ।’

कार्यक्रममा पूर्व गृहमन्त्री तथा जाजरकोट वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार शक्ति बस्नेत, सल्यानका वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेत, प्रदेशसभा ‘क’ का उम्मेदवार गुलाबजंग शाह, माओवादी केन्द्रका नेता रमेश मल्ललगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

Share It

Post Comments
थप विशेष