विशेष अब वन्ने वामपन्थी सरकारले भारत र चीनसँग समान सम्बन्ध स्थापित गर्छ : प्रचण्ड
Ujyaalo

कपिलवस्तु, मंसिर १६ – वाम गठबन्धन नेतृत्वको सरकार भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरेर अगाडि बढ्न सक्ने माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।

वाम गठबन्धनको सरकारले भारतसँग असल सम्वन्ध स्थापित गरी देशको दिगो विकास गर्न सक्ने उहाँको भनाई छ ।

मायादेवी गाउँपालिकाको पकडीमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

देशैभरी वाम गठबन्धनको लहर देखेर नेपाली कांग्रेस अत्तालिएको उहाँको आरोप छ । वाम गठबन्धनको सरकार आए देशमा अधिनायकवाद आउँछ भन्नु कांग्रेसको पराजित मानसिकताको पराकाष्ठा भएको उहाँले बताउनुभयो ।

Share It

Post Comments
थप विशेष