विशेष सोमबार चुनाव प्रचारको अन्तिम दिन, शीर्ष नेता को कहाँ व्यस्त ?
Ujyaalo

काठमाडौं, मंसिर १८ – प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि राजनीतिक दल र उम्मेदवारले सोमबार अन्तिम प्रचार गर्दैछन् । सोमबार रातिदेखि मौन अवधि सुरु हुने भएकाले दलका नेता र उम्मेदवार सोमबार अन्तिम चरणको प्रचारमा जुट्ने भएका हुन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा दिनभर गृहजिल्ला डडेल्धुराको चुनावी कार्यक्रममा सहभागी हुने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली भने आज काठमाडौं क्षेत्र नम्बर ३ र भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुनुहुने छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा नै व्यस्त हुनुहुनेछ ।

आउँदो विहीबार हुने ४५ जिल्लाको चुनाबका लागि सोमबार मध्यरातिदेखि चुनाव नसकुन्जेलसम्म दल तथा उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन् । मौन अवधिमा प्रचार प्रसार र मत माग्न पाईंदैन साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।

मौन अवधि सुरु भएपछि सभा सम्मेलन घरदैलो लगायत कार्यक्रम गर्न नपाइने मात्र होइन, फेसबुक ट्वीटर, यु ट्युव लगायत सामाजिक सञ्जाल तथा एसएमएसमार्फत पनि भोट माग्न वा कुनै उम्मेदवार र पार्टीको प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

यसैबिच सोमबारसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ । दोश्रो चरणमा चुनाव हुने सवै क्षेत्रमा सोमबारसम्म कर्मचारी पुगिसक्ने र मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरण गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप विशेष