विशेष गाउँको नाम सच्याउने सहमतिपछि पतौराबासी मतदानमा
Ujyaalo

बारा, मंसिर २१ -  बाराको कलैया नगरपालिका १८ को पतौरा टोलको नाम सच्याउने सहमतिपछि स्थानीयबासिन्दाले मतदानमा भाग लिएका छन् । गाउँको नाम पतौरा भए पनि निर्वाचन आयोगले पथरा बनाएको भन्दै स्थानीयबासिन्दाले मतदान गर्न मानेका थिएनन् ।

मतदान अधिकृत, स्थानीय राजनीतिक दलका प्रतिनिधिबिचको छलफलमा गाउँको नाम पतौरा बनाउन जिल्ला प्रशासन कार्यालयमार्फत निर्वाचन आयोगमा निवेदन पठाउने सहमति भएको छ । जिल्ला प्रशासनमार्फत निवेदन दिने र त्यसपछि निर्वाचन आयोगले अब गाउँको नाम सच्याएर पतौरा नै बनाउने भनेपछि स्थानीयबासिन्दा मतदानमा सहभागी भएका हुन् ।

पतौरा टोलको सिचाईं भवन मतदान केन्द्रमा ३ सय ९४ जना मतदाता छन् । यसअघि उनीहरुले आफ्नो गाउँको नाम बिगारेको भन्दै मतदान बहिस्कार गरेका थिए । आयोगले बनाएको मतदान परिचयपत्र तथा अन्य कागजातमा गाउँको नाम पथरा लेखिएको छ ।

Share It

Post Comments
थप विशेष