
शैलेन्द्र महतो/उज्यालो ।
धनुषा, मंसिर २१ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरण अन्तर्गत भइरहेको चुनावमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
चुनाव अघि भएका बिस्फोटका घटनाले सुरक्षाको चिन्ता भएका बेला सरकारले मतदान केन्द्रहरुमा सुरक्षा जाँचमा कडाइ गरेको हो ।
मतदान गर्न केन्द्रमा पुग्नेहरुलाई साँचो, मोबाइल, पेनड्राइभ, चुरोट, सुर्ती र ब्रासलेट पनि लान नदिएको मतदाताले बताएका छन् । जनकपुरमा मत दिन पुगेका बृद्ध बृद्धालाई समेत जाँचमा कडाइ गरिएको छ । उनीहरुले बोकेका झोला पनि जाँच गरिएको छ ।
Share It
Post Comments
थप विशेष