
चन्द्रबहादुर थापा/उज्यालो ।
अछाम, मंसिर २१ – दुई वटा निर्वाचन क्षेत्र भएको अछामको क्षेत्र नम्बर १ मा झडप हुँदा मतदान रोकिएको छ ।
क्षेत्र नम्बर १ को चौरपाटी गाउँपालिका वडा नम्बर –५ लुङ्ग्रामा बाम गठबन्धन र नेपाली कांग्रेस बीच झडप हुँदा मतदान रोकिएको हो ।
कांग्रेसका कार्यकर्ताले फर्जि मत हाल्न खोजेपछि बाम गठबन्धन र कांग्रेसका कार्यकर्ता बीच झडप भएको पत्रकार विक्रम परियारले बताउनुभयो । झडप हुँदा मतदान गर्न लाइनमा बसेका मतदाता पनि तितरवितर भएका छन् ।
यहाँ अहिले सम्म ५० प्रतिशत मत खसेको छ । झडपका कारण रोकिएको मतदान कतिबेला शुरु हुने भन्ने टुंगो लागेको छैन ।
Share It
Post Comments
थप विशेष