विशेष ओखलढुंगामा सुनुवारको शुरुदेखिको अग्रता कायमै
Ujyaalo

ओखलढुंगा, मंसिर २२ – पहिलो चरणमा चुनाव भएकामध्ये कडा टक्कर हुने अनुमान गरिएको ओखलढुंगाको प्रतिनिधिसभातर्फ एमालेका यज्ञराज सुनुवारले अग्रता कायमै राख्नुभएको छ ।

पहिलो प्रारम्भिक परिणाम आएदेखि नै अग्रता लिइरहेका सुनुवारले अहिलेसम्म ९ हजार १ सय ३६ मत ल्याउनुभएको छ । काँग्रेसका रामहरि खतिवडाले ७ हजार ७ सय ५१ मत सहित उहाँलाई पछ्याइरहनुभएको छ । सुनुवारभन्दा खतिवडा १ हजार ३ सय ८५ मतले पछाडि हुनुहुन्छ ।

अहिलेसम्म लिखु र चम्पादेवी गाउँपालिकाका सबै र सुनकोसी गाउँपालिकाका चारवटा वडाको मत गनिसकिएको छ । प्रतिनिधिसभातर्फ अहिलेसम्म १८ हजार ४ सय ३२ मत गनिएकोमा १ हजार ५३ बदर मत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभा क तर्फ पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन् । एमालेका अम्बीर गुरुङ्गले ७ हजार ५ सय ३४ मत ल्याउनुभएको छ भने काँगे्रसका मित्रसेन दाहालले ४ हजार ७ सय ५ मत ल्याउनुभएको छ ।

प्रदेशसभा क को चिसंखुगढीका सबै र सिद्धिचरण नगरपालिकाका चारवटा वडाको गणना भइसकेको छ । प्रदेशसभा क तर्फ १२ हजार ८ सय ७८ मत गणना हुँदा ४ सय ११ मत बदर भेटिएको छ ।

 

Share It

Post Comments
थप विशेष