विशेष रोल्पाको बदर मतले तर्सायो दललाई, निर्वाचन अधिकृत पनि छक्क परे
Ujyaalo

रोल्पा, म‌सिर २२- रोल्पामा बदर मतको संख्या देखेर दलहरु र निर्वाचन अधिकृत नै छक्क परेका छन् ।

रोल्पामा प्रतिनिधिसभाको लागि १० हजार ८२ मत गन्दा २ हजार ५ सय ३३ मत बदर भएका छन् । २ ठाउँमा छाप लगाएका, ल्याप्चे लगाएका, मतपत्र लतपतिएका र मतदान अधिकृत हस्ताक्षर नै नगरेका मत भेटिएका छन् । यस्तै प्रदेशसभा क मा १२ हजार ७ सय ४२ मत गन्दा ३ सय ६२ र ख मा ५ हजार ७ सय २९ मत गन्दा ३ सय १० मत बदर भएका छन् ।


रोल्पामा प्रतिनिधिसभातर्फ अध्याधिक १० हजार मत गन्दा २५ सय मत बदर हुँदा दलका प्रतिनिधिले जिव्रो टोकेका छन् । यसैगरि निर्वाचन अधिकृतले पनि यतिधेरै मत कसरी बदर भयो भनेर छक्क परेको बताएका छन् ।

Share It

Post Comments
थप विशेष