उम्मेदवार

दिपक खड्काको जन्म २०२८ साल असार १५ गते सङखुवासभाको तत्कालीन आँखिभुई गाविसको वडा नम्बर ६ मा भएको हो । मानविकी संकायबाट स्नातक गर्नुभएका खड्का विद्यालय पढ्दा नै कांग्रेस पार्टीमा आबद्ध हुनुभएको हो । उहाँ २०४२ सालमा गाउँकै बिद्यालय अमर माविमा पढ्दा नेविसंघमा आबद्ध हुनुभयो । तर त्यसपछिका दिनमा उहाँ राजनीतिमा सकृय हुनुभएन । २०६० सालदेखि मात्र उहाँ फेरि नेपाली कांग्रेसको राजनीतिमा सकृय हुनुभयो । २०६७ सालदेखि उहाँ काँग्रेसको महासमिति सदस्य हुनुहुन्छ । उहाँ २०७० सालको संविधानसभा चुनावमा संखुवासभा – २ बाट विजयी हुनुभएको थियो ।

थप उम्मेद्‌वारहरू