उम्मेदवार
प्रेमप्रसाद तुलाचनको जन्म २०१८ सलाको माघमा मुस्ताङको लेतेमा भएको हो । गण्डकी स्कुल पोखराबाट एसएलसीसम्मको शिक्षा हाँसिल गरेका तुलाचलन पोखराकै पृथ्वीनारायण क्याम्पसबाट व्यावस्थापन संकायमा प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षा पुरा गर्नुभएको छ । २०४७ सालमा नेपाली कांग्रेसबाट राजनिती सुरु गरेका प्रेमप्रसाद तुलाचन अहिले नेकपा एमालेमा आवद्ध हुनुहुन्छ । २०४७ सालमा नेपाली कांग्रेसको साधारण सदस्य भएका तुलाचन २०४८ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङको कोषाध्यक्ष हुनुभयो । २०५४ सालमा स्थानीय तहको निकायको चुनावबाट जिविस मुस्ताङको निर्विरोध सदस्य हुनुभएको थियो । २०७० सालको चुनावमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका तुलाचन १२ मतले पराजित हुनुभएको थियो । त्यसपछि कांग्रेसले उहाँलाइ ५ बर्षको लागि पार्टीबाट निष्कासन ग¥यो । २०७४ सालको साउनमा प्रेमप्रसाद तुलाचन एमालेमा प्रवेश गर्नुभएको हो ।
थप उम्मेद्‌वारहरू