उम्मेदवार
नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा सिँचाई राज्यमन्त्री रहेका अमरसिंह पुनको जन्म २०२७ साल असार ५ गते भएको हो । रोल्पाको सुकिदह गाउँपालिका–४, जायचौरमा जन्मिएका पुनले माध्यमिक तह नेरा मावि पाछाबाङबाट गर्नुभयो । उहाँले २०४३ देखि नेपाली कांग्रेसको कार्यकर्ता भएर राजनीति सुरु गर्नुभएको हो । २०७० सालको दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद भएका अमरसिंह पुन २०७२ सालदेखि अहिलेसम्म नेपाली काँग्रेस रोल्पाको सभापति हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू