उम्मेदवार
बिक्रम सिंह धामी नेपाली कांग्रेस
विक्रमसिंह धामी हाल नेपाली कांग्रेस दार्चुलाको महासमिति सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीतिका क्रममा उहाँले ९ महिना जेल जीवन बिताउनु भएको छ । उहाँको जन्म २०२० सालको पुस ६ गते लटिनाथ ७ मा भएको हो । उहाँले स्नातकसम्मको अध्ययन पूरा गर्नु भएको छ । लटिनाथ निमावि मार्मा रस्कोटमा कक्षा ७ सम्म र महेन्द्र मावि खलंगामा कक्षा ८ देखि १० सम्म अध्ययन गरेका धामीले एसएलसी भने वैजनाथ मावि महेन्द्रनगर कञ्चनपुरबाट पास गर्नुभएको हो । राजकीय इन्टरकलेज बरेली भारतमा आइए पढेपछि उहाँ त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातक पास गर्नुभयो । २०३६ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका धामी १२ वर्षसम्म नेविसंघको जिल्ला अध्यक्ष हुनुभयो । यस्तै उहाँ विपि चिन्तन प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष, २०५६ मा दुर्गम क्षेत्र विकास समितिको सदस्य, २०४९ सालमा लटिनाथ गाविस वडा नम्बर ७ को निर्विरोध वडा अध्यक्ष र २०५४ सालमा लटिनाथ गाविस वडा नम्बर ८ को सदस्यमा निर्वाचित हुनुभयो । नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यका प्रवक्ता समेत रहेका नेता धामी आध्यात्मिक र सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आउनुभएको छ । उहाँ २०४८ सालदेखि नेपाली कांग्रेसको ५ पटक महासमिति सदस्य निर्वाचित हुनु भएको छ ।
थप उम्मेद्‌वारहरू