उम्मेदवार

नेकपा एमालेका नेता रमेश श्रेष्ठको जन्म २००५ साल माघ १३ गते सुनसरीको इनरुवामा भएको हो । सुनसरीकै भगवती माविबाट एसएलसी दिएका श्रेष्ठले आइए भने भारतको बनारसमा पढ्नुभयो । तर बिए पढ्न फेरि नेपाल फर्किनु भएको थियो । परिवार नै राजनीतिक पृष्ठभुमिका भएकाले उहाँलाई त्यसले प्रेरणा ग¥यो । बुवा होमबहादुर श्रेष्ठ पन्चायतकालमा गृहमन्त्री हुनु भएको थियो भने काका दिलबहादुर वाणिज्य, अर्थ र गृहमन्त्री हुनु भएको थियो । रमेश भने २०३९ सालमा तत्कालीनन पञ्चायती संगठन युवक संगठनको केन्द्रीय अध्यक्ष हुँदै राजनीतिमा प्रवेश गर्नुभयो । पञ्चायत कालमै जिल्ला विकास समिति सुनसरीको सभापति हुनु भएका श्रेष्ठ २०६४ सालमा राप्रपाको केन्द्रीय सदस्य हुनुभयो । डेढ वर्ष पहिले राप्रपा छाडेर एमालेमा प्रवेश गरेका श्रेष्ठ एमाले सुनसरीको सल्लाहकार हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू