उम्मेदवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवको जन्म २०१९ सालको भदौ २ गते धनुषाको लक्ष्मिनिया गाउँपालिकामा भएको हो । उहाँले समस्तीपुर कलेज भारतबाट बिएससी गर्नु भएको छ । २०३५ सालको चैतमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नु भएको थियो । २०६४ र २०७० सालको चुनावमा समानुपातिकतर्फबाट सभाषद बनेका यादव हाल खानेपानी तथा सरसफाई मन्त्री हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू