उम्मेदवार
नेकपा एमाले काठमाडौंका जिल्ला कार्य समितिका अध्यक्ष कृष्णबहादुर राईको जन्म २०२७ सालको भदौ ३ गते काठमाडौंको जोरपाटीमा भएको हो । उहाँले पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातक गर्नु भएको छ । २०४२ सालमा अखिल पाँचौमा आवद्ध हुँदै राजनीतिमा लागेका लागेका राई काठमाडौंको जोरपाटीमा एमालेको विशेष प्रारम्भिक कमिटी सदस्य हुनुभयो । २०४६ सालको जनआन्दोलनमा उत्तरपूर्वि भेगको आन्दोलनको नेतृत्व गरेका राईले २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नुभयो । हंकर पोखरेल अध्यक्ष हुँदा अखिलको राष्ट्रिय परिषद सदस्य भएका राई २०४९ सालमा गाउँ कमिटीको सदस्य हुनुभयो । दुई पटक गाउँ कमिटीको अध्यक्ष भएका राई २०५१ सालमा विशेष जिल्ला कमिटीको सदस्य हुनुभयो । २०५४ सालमा उहाँ जोरपाटीको गाविस उपाध्यक्ष हुनु भएको थियो । त्यसपछि निरन्तर पार्टीको जिल्ला सदस्य भएका राई २०६७ सालमा जिल्ला कमिटीको उपाध्यक्ष हुनुभयो । २०७२ सालमा कार्यवाहक अध्यक्ष भएका राई त्यसपछि अध्यक्ष हुनुभयो । संविधान सभाका दुवै चुनाव भने राईका लागि सुखद रहेनन् । २०६४ सालको चुनावमा प्रत्यक्षमा सिफारिस भएपनि अन्तिममा समानुपातिकको सूचि समेत पर्नुभएन । २०७० सालको चुनावमा प्रत्यक्षमा सिफारिस भएका राईलाई समानुपातिकको सूचिमा परेपनि सभाषद बन्नु भएन ।
थप उम्मेद्‌वारहरू