उम्मेदवार
नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य रामवीर मानन्धरको जन्म २०१९ साल चैत २८ गते काठमाडौंस्थित बालाजु बाइपासमा भएको हो । अहिले पनि उहाँ यही ठाउँमा बस्दै आउनुभएको छ । बुबा अष्टनारायण मानन्धर र आमा चिनीमायाबाट जन्मिएका उहाँका एक छोरा र दुई छोरी छन् । एसएलसीसम्म अध्ययन गर्नुभएका मानन्धर २०३६ सालमा स्कुल पढ्ने क्रममै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आउनुभएको हो । अनेरास्ववियुमार्पmत राजनीतिमा होमिएका उहाँ पछि नेकपा एमाले काठमाडौंको जिल्ला सदस्य तथा क्षेत्रीय सदस्यका रुपमा रहेर काम गर्नुभयो । २०४९ र २०५४ सालमा भएको स्थानीय चुनावमा उहाँ काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष हुनुभएको थियो । उहाँ राजनीतिसँगै चलचित्र क्षेत्रमा पनि सम्बद्ध हुनुहुन्छ । चलचित्र विकास बोर्डको सदस्य समेत भएर उहाँले काम गरिसक्नुभएको छ । २०४९ को स्थानीय निकायको चुनावबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट अध्यक्षमा निर्वाचित भएर ५ वर्षको कार्यकाल पूरा गरेका उहाँले २०७० सालको संविधानसभामा क्षेत्र नं. ७ बाट हिसिला यमीलाई पराजित गर्दै सांसद बन्नुभएको थियो ।
थप उम्मेद्‌वारहरू