उम्मेदवार
हितमान शाक्यको जन्म २०३० कात्तिक १३ गते बाग्लुङ – ३ बाग्लुङ बजारमा व्यापारी परिवारमा भएको हो । उहाँका जिजु भक्तपुरबाट बाग्लुङ जानुभएको थियो । उहाँको एक छोरी छिन् । हितमान शाक्य एकीकृत नेकपा माओवादीको तर्फबाट पहिलो संविधानसभाको चुनावमा काठमाडौं – ६ बाट विजयी हुनु भएको थियो । उहाँ माओवादीको नेवा राज्य समितिका इन्चार्ज तथा केन्द्रीय सदस्य पनि हुनुहुन्छ । २०३६ सालको विद्यार्थी आन्दोलनबाट वामपन्थी राजनीतिमा प्रवेश गरेका शाक्य १० वर्ष जनयुद्धमा होमिनु भएको थियो । उनका पत्नी अमृता थापामगर पनि समानुपातिक तर्फबाट संविधानसभा सदस्य हुनुहुन्थ्यो । २०३६ देखि राजनीतिमा लागेका शाक्य २०४२ सालमा विद्यार्थीको केन्द्रीय सदस्य हुँदै २०४४ सालमा त्रिभुवन विश्वविद्यालयमा स्ववियुको सचिव पनि हुनुभएको थियो । स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका शाक्य २०४८ सालमा विद्यार्थी संघको अध्यक्ष हुनुहुन्थ्यो । २०३७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका शाक्य २०४८ सालमा क्षेत्रीय ब्युरो सदस्य हुनुभयो । २०५५ सालपछि उहाँ माओवादीको केन्द्रीय सदस्य हुनुभयो । जनयुद्ध थालनीदेखि नै भूमिगत भएका शाक्य युद्धका थालनीताका काठमाडौंमै क्षेत्रीय ब्युरो सदस्य हुनुहुन्थ्यो । २०५७ मा उहाँ माओवादीको पोलिटब्युरो सदस्य हुनुभयो ।
थप उम्मेद्‌वारहरू