उम्मेदवार
दमन नाथ ढुङ्गाना नेपाली कांग्रेस
पूर्वसभामुख दमननाथ ढुंगानाले २०१७ सालदेखि नेपाली कांग्रेसको विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नु भएको हो । उहाँले कानुन संकायमा स्नातकोत्तर गर्नुभएको छ । त्यसपछि पञ्चायत विरोधी आन्दोलनमा सक्रिय हुनुभयो । २०१७ सालदेखि २०२४ सालसम्म वामपन्थीसँग मिलेर आन्दोलनमा सक्रिय भएका ढुंगाना २०५४ सालदेखि नागरिक समाजमा बसेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । तत्कालिन सरकार र माओवादीबीचको पहिलो वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कांग्रेस नेता ढुंगाना प्रतिनिधिसभा चुनाव २०४८ मा काठमाडौँबाट निर्वाचित भएपछि सभामुख हुनुभएको थियो । २०७० सालको चुनावमा उहाँ समानुपातिकतर्फबाट सभाषद हुनु भयो ।
थप उम्मेद्‌वारहरू