उम्मेदवार
नेपाल मजदुर किसान पार्टीको वैकल्पिक केन्द्रीय सदस्य अनुराधा थापा मगर २०३८ साल मंसिर २३ गते मध्यपुरथिमी नगरपालिका –२, को मगरगाउँमा भएको हो । आदर्श माध्यामिक विद्यालय, सानोठिमीबाट एसएलसी दिएकी अनुराधाले सानोठिमी क्याम्पसबाट प्रविणत प्रमाण पत्र तह र स्नातक गर्नुभयो । त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा उहाँले स्नातकोतर गर्नु भएको छ । २०७० सालको चुनावमा समानुपातिक तर्फबाट सभाषद बन्नु भएको थियो । नेमकिपाको नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीति सुरु गर्दै २०५९ सालमा नेक्राविसंघ भक्तपुरको जिल्ला समिति र २०६३ सालमा संघको केन्द्रीय सदस्य हुनुभयो । २०६९ सालमा नेपाल क्रान्तिकारी महिला संघको जिल्ला सदस्य, २०७० सालमा संघको केन्द्रीय सदस्य भएकी अनुराधा २०७१ सालदेखि संघको केन्द्रीय अध्यक्ष हुनुभयो । २०७० सालमा नेमकिपाको महाधिवेशनबाट पार्टीको वैकल्पिक केन्द्रीय सदस्य हुनु भएको हो ।
थप उम्मेद्‌वारहरू